ब्राजिलमा कोभिड-१९ खोपको परीक्षण डोज लिने स्वयंसेवीको मृत्यु, तर रोकिएन परीक्षण

अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेकासँगको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्ध खोपको परीक्षण पुनः सुरु गरिएकाे छ।

ब्राजिलमा खोपको परीक्षणात्मक डोज लिनका लागि सहमत भएका स्वयमसेवीको निधन भएपछि खोपको परीक्षणका सन्दर्भमा शंका उत्पन्न भएको थियो। 

तर अक्सफोर्ड र एस्ट्राजेनेकाले निधन भएका स्वयमसेवीले खोप नलिएको दावी गरेकाे छ। 

Covid: No safety concerns found with Oxford vaccine trial after Brazil death  - BBC News

अक्सफोर्डले ती स्वयमसेवीको निधनका सम्बन्धमा गरिएको मूल्यांकनबाट खोपको सुरक्षालाई लिएर कुनै शंका नदेखिएको भन्दै परीक्षण सुरक्षित रहेको दावी गरेकाे छ।

अहिले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको मानवीय परीक्षण भइरहेकाे छ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरुले खोप लिएका स्वयमसेवीको निधनका बारेमा विस्तृत विवरण सार्वजनिक गरेको छैन। गोपनियताको कारण देखाउँदै विवरण सार्वजनिक गर्न हिचहिचाएकाे हाे।

Coronavirus: Oxford vaccine trial will continue in Brazil after death of  volunteer who took placebo | World News | Sky News

यसअघि पनि ब्रिटेनमा तेस्रो चरणको मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया देखिएपछि एस्ट्राजेनेकाले खोप परीक्षणमा रोक लगाएको थियो। तर चिकित्सा स्वास्थ्य नियामक प्राधिकरणले परीक्षण सुरक्षित रहेको बताएपछि परीक्षण पुनः सुरु गरिएकाे थियाे। 

परीक्षणका लागि आएका आधा स्वयमसेवीलाई मात्रै अक्सफोर्डले विकास गरेको कोरोनाविरुद्धको खोप दिइएको छ। अरु आधालाई भने मेनेन्जाइटिसविरुद्धको खोप दिइएको उनीहरुकाे दावी छ।

तेस्रो चरणको परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाका  ३० हजार मानिसको सहभागिता रहेको छ।

Volunteer in Oxford COVID vaccine test, given placebo, dies in Brazil | The  Times of Israel

परीक्षणमा सहभागी वा उनीहरुका परिवारका सदस्यलाई कसलाई कुन खोप दिइएको छ भन्ने थाहा हुँदैन। दुई समूहमा विभाजन गरिएर गरिएकाे परीक्षणमा कुन खोपले कस्तो काम गर्‍यो भन्ने थाहा पाउनका लागि अनुसन्धानकर्तालाई सहयोग गर्ने भएकाले सूचना गोप्य राख्ने गरिएकाे उनीहरुकाे दावी छ।

तर खोपको बिस्तारित परीक्षणको क्रममा केही मानिसमा गम्भीर रियाक्सन देखिने र बिरामी पर्ने सम्भावना हुने जनाइएकाे छ।  

औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले वक्तव्य जारी गरेर व्यक्तिगत केसका सम्बन्धमा टिप्पणी नगर्ने तर आवश्यक सबै पुनर्मूल्यांकका कामहरु भएको उल्लेख गरेको छ।

Oxford coronavirus vaccine trial to continue despite participant death :  CityAM

अक्सफोर्ड तथा एस्ट्राजेनेकाले विकास गरेको खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरुमध्ये सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने खोपका रुपमा अपेक्षा गरिएको छ।

याे खाेप कोरोना भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित साबित हुने अपेक्षा छ।

मानवीय परीक्षणको पहिलो र दोस्रो चरणमा राम्रो नतिजा आएपछि यो खोपलाई लिएर विश्वभर अपेक्षा बढेको हाे। अहिले सो खोपको तेस्रो चरणको बिस्तारित परीक्षण भइरहेको छ।

प्रकाशित मिति: : 2020-10-22 08:13:00

प्रतिकृया दिनुहोस्