स्पेनमा कोरोना संक्रमितकाे संख्या १० लाख नाघ्यो

स्पेनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ। 

बुधबार स्पेनमा १६ हजार ९७३ जना नयाँ संक्रमित थपिए भने १५६ जनाको कोराेना भाइरसका कारण ज्यान गएकाे छ। 

योसँगै स्पेन पश्चिम यूरोपमा १० लाखभन्दा धेरै संक्रमित हुने पहिलो देश बनेको छ।

सन् २०२० को जनवरी ३१ मा पहिलो संक्रमित भेटिएको थिए।त्यसपछि अहिलेसम्म १० लाख पाँच हजार २९५ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै स्पेन १० लाख संक्रमित हुने देशको सूचीमा पाँचौं स्थानमा छ। महामारीको पहिलो लहर लगभ नियन्त्रणमा लिएका स्पेनसहितका युरोपेली देशमा अहिले फेरि महामारीको दोस्रो लहर सुरु भएको छ।

अहिलेसम्म संयुक्त राज्य अमेरिका, भारत, ब्राजिल, रुस र अर्जेन्टिनामा कोरोना संक्रमितको संख्या १० लाख नाघेका छन्। 

अहिले विश्वभर ४ करोड १४ लाखभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा ३ करोड ८ लाख निको भएका छन्। ११ लाख ३५ हजारको भने ज्यान गएको छ।

प्रकाशित मिति: : 2020-10-22 08:58:00

प्रतिकृया दिनुहोस्