पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ५२ कोरोना भाइरसको संक्रमित थपिएका छन्।

 काठमाडौंमा १ हजार २ सय ८३, भक्तपुरमा १ सय १२ र ललितपुरमा १ सय ५७ जना कोरोना संक्रमित थपिएका हुन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ भने ३ हजार ७ सय ५१ जना क्वारेन्टिनमा छन्।

ज्यान गुमाउने ८०० नाघे

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या आठ सय नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ८ सय १२ पुगेको हो।

प्रकाशित मिति: : 2020-10-22 16:30:00

प्रतिकृया दिनुहोस्