उपत्यकामा थप १५५२ जनामा कोरोना पुष्टि

बिहीबार काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ५२ कोरोना भाइरसको संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ८३, भक्तपुरमा १ सय १२ र ललितपुरमा १ सय ५७ जना कोरोना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टा देशभर ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन्।यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ।
 

प्रकाशित मिति: : 2020-10-22 16:59:00

प्रतिकृया दिनुहोस्