रितिकको आमालाई पनि कोरोना

अभिनेता रितिक रोशनकी आमा पिङ्की रोशनलाई कोरोना पोजेटिभ भएको छ।

गत बिहीबार आफ्नो ६७ औं जन्मदिन मनाउने क्रममा कोरोनाको लक्षण देखिएको हो। 

हाल उनी श्रीमान राकेश रोशनसँगै खण्डालामा छिन्। पिङ्की र उनको परिवारका सदस्यहरूले २० दिनमा कोरोनाको परीक्षण गराइरहेका छन्। 

परिवारले उनलाई जन्मदिनमा विशेष उपहार दिएको थियो। उनले केही दिनमा आफू ठिक हुने बताएकी छिन्।

 पिङ्गीसँगै हाल उनको आमा, सुनयना र नातिनी सुनारिका पनि छिन्।

प्रकाशित मिति: : 2020-10-22 17:10:00

प्रतिकृया दिनुहोस्