फ्रान्समा कोरोनाको अवस्था गम्भीर, २४ घण्टामा ४१ हजार संक्रमित

रमेशराज वास्तोला

पोर्चुगल (युरोप)

कोरोनाका कारण फ्रान्सको अवस्था नाजुक बन्न थालेको छ। बिहीबार मात्र फ्रान्समा ४१ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेपछि सरकारले रात्रीकालिन कफ्र्युको अवधि बढाएको छ। 

फ्रान्समा गत जुन–जुलाईमा कोरोनाको समस्या उच्च थियो। बीचमा केही सिथिल देखिएपछि सरकारले लकडाउन हटाउने तथा होटल रेस्टुरान्ट खोल्ने निर्णय गरेको थियो। 

फ्रेन्च नागरिकहरूले सामाजिक दुरीको नियमलाई त्यति वास्ता नगर्दा पछिल्लो समय फ्रान्समा पुनः संक्रमणको अवस्था भयावह भएको स्थानीय पत्रपत्रिकाले बताएका छन्। 

प्रधानमन्त्री जिन कास्टेक्सले दोस्रो चरणको कोरोनाको अवस्था फैलिँदा देशको दुई तिहाई जनसंख्या प्रभावित भएको बताएका छन्। 

फ्रान्सको कूल जनसंख्या ६ करोड ५३ लाख हो। एक तथ्यांकअनुसार कोरोनाबाट ४ करोड ६० लाख मानिस प्रभावित भएका छन्। फ्रान्समा अहिले संक्रमणको संख्या नै ९ लाख ९९ हजारको हाराहारीमा पुगेको छ। 

फ्रान्समा फैलिएको कोरोना संक्रमणको नयाँ मुद्धाले छिमेकी युरोपेली देशलाई पनि संकटमा पार्न सक्ने बताइएको छ। फ्रान्समा हालसम्म ३४ हजारको निधन भइसकेको छ। कोरोनाको बढ्दो संख्यालाई हेर्दा मर्नेको संख्या अझै थपिने सम्भावना प्रबल छ।

प्रकाशित मिति: : 2020-10-23 06:19:00

प्रतिकृया दिनुहोस्