चीनलाई नियन्त्रणमा राख्न अमेरिका र भारतबीच ठूलो सम्झौंताको तयारी

चीनसँगको बढ्दो सीमा विवादलाई लिएर भारतले आउँदो साता अमेरिकासँग सबैभन्दा ठूलो सैन्य सम्झौंता गर्ने सम्भावना प्रबल छ। 

भारततर्फ लक्षित चिनियाँ मिसाइल र ड्रोनको अवस्था पत्ता लगाउन अमेरिकाले भारतलाई ‘स्याटेलाइट डेटा’ उपलब्ध गराउने सम्भावना बलियो छ। 

भारतका केही अखबारले जनाएअनुसार अमेरिकी विदेश सचिव माइक पोम्पियो र रक्षा सचिव मार्क ओसो आउँदो साता सम्झौंतामा हस्ताक्षर गर्न भारत आउने कार्यक्रम रहेको छ। 

भारतीय समकक्षी विदेश मन्त्री एस जयशंकर र रक्षा मन्त्री राजनाथ सिंहसँग सम्झौंता पत्रमा हस्ताक्षर हुने सम्भावना रहेको छ। अमेरिकाले यसै साता ताइवानलाई तीन वटा हतियारको सिस्टम बिक्री गर्ने घोषणा गरेको थियो। 

यसले अमेरिका र चीनबीचको सम्बन्धलाई थप प्रभावित तुल्याएको छ। अमेरिकोको यो कार्यको चीनले कडा शब्दमा निन्दा गरेको थियो। 

विश्वमा चीनको बढ्दो प्रभावलाई रोक्न अमेरिकाले भारतको सुरक्षा निकायलाई सहयोग गर्दै आइरहेको छ। उसले भारतलाई पछिल्लो समय थुप्रै हतियार पनि बिक्री गरिसकेको छ।  

एक तथ्यांक अनुसार सन् २००७ यता अमेरिकाले २१ बिलियन डलरभन्दा बढीको हतियार भारतलाई बेचिसकेको छ।
 
भारतीय अखबारका अनुसार अमेरिका हाल आएर भारतसँग ‘बेसिक्स एक्सचेन्ज एन्ड को–अपरेसन एग्रीमेन्ट(बीईसीए)’ मा सम्झौंता गर्ने अभियानमा छ। यो सम्झौंता सफल भएमा दुबै देशले एकअर्कासँग गोप्य सूचना आदानप्रदान गर्न सक्ने छन्। 

यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रीमण्डलले बुधबार बीईसीएको अन्तिम मस्यौंदामाथि छलफल गरेका थिए। सम्झौंता पत्रमा हस्ताक्षर भएपछि भारतको  टोपोग्राफिकल, न्युटिकल तथा एयरोनोटिकल डेटामा पहुँच हुनेछ। जुन चीनको लागि गम्भीर कुरा पनि हो। 

अमेरिकाले भारतलाई उपलब्ध गराउन लागेको एयरक्राफ्टमा आधुनिक नेभिगेसन सिस्टम जडान गरिएको छ। भारत यसअघि अमेरिकाको सुरक्षा सञ्जालमा समावेश हुन डराइरहेको थियो। 

तर, गत मेमा चीन र भारतबीच पूर्वी लद्धाखको गलवान उपत्यकामा भएको झड्पपछि अमेरिकासँग सहयोग माग गरिरहेको छ। यो घटनामा २० भारतीय सैनिकको निधन भएको थियो। 

भारत हाल अमेरिका, अस्ट्रेलिया र जापान सम्मिलित क्वाड टिममा पनि समावेश छ। क्वाडअन्तर्गत चारवटा देशले आउँदो महिना साउथ चाइना सीमा अभ्यास गर्दैछन्। 

जसको चीनले विरोध गरिसकेको छ। उसले आफूलाई समुन्द्री बाटोमा रोक्ने अमेरिकी योजना सफल नहुने भन्दै यसको गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको छ।

प्रकाशित मिति: : 2020-10-23 06:52:00

प्रतिकृया दिनुहोस्