कार्यस्थलमा कोरोनाबाट कसरी जोगिने ? (भिडियोसहित)

बाह्रखरी

काठमाडाै‌

काठमाडौं । कोरोना संक्रमण हाम्रो सानो सानो कमजोरीले गर्दा सर्ने गर्छ । कोरोना भाइरसको संक्रमण बोल्दा निस्केको थुकका छिटाबाट चाडो सर्ने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ ।  

कोरोना संक्रमण थुक वा थुकका ड्रपलेटबाट सर्ने हो । हामीले बोल्दा थुकका छिटा अन्यमा नपरोस् र कोरोना संक्रमण नसरोस् भनेर नै मास्क लगाउन भुल्न हुँदैन । पटक–पटक आँखा मुख छुन हुँदैन । थुकका छिटा ६ फिट परसम्म जान सक्छ । थुकका सानोभन्दा सानो छिटा ( मुखमा पानीको कण निस्कने हुन्छ ) जसलाई एरोसल भनिन्छ  । 

एरोसल हाम्रो लागि एकदमै खतरा हो । अर्को बन्द स्थानमा बस्नु हुँदैन । यदि तपाईँ कोहीसँग घण्टौंसम्म कुराकानी गरेर बस्नुभयो भने कोरोना संक्रमण खतरा बढी हुन्छ । भेन्टिलेसन नभएको बन्द कोठा र कोही व्यक्तिसँग कति समय बिताएको छ त्यसमा पनि भर पर्छ ।  कोही पनि व्यक्ति सँगै हुँदा अनिवार्य मास्क नलगाउने, सम्पर्कको अवधि भिडभाड र जमघट जनघनत्व र भौतिक दूरी कायम हुन नसक्ने अवस्था, चर्को बोली, होहल्ला, गायन र खोकीजस्ता सास जोड्सँग बाहिर निस्कने काम गरियो भने कोरोना संक्रमण सर्ने जोखिम उच्च हुन्छ ।  

प्रकाशित मिति: : 2020-10-23 09:19:00

प्रतिकृया दिनुहोस्