नोबेल मेडिकल कलेजमा दुई कोरोना संक्रमितकाे मृत्यु

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा दुई कोरोना भाइरस संक्रमितकाे मृत्यु भएको छ। 

शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका ८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको प्रवन्धक नारायण दाहालले जानकारी दिए।

उनका अनुसार शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको थियाे। ती पुरुषमा फोक्सो र मिर्गौला सम्बन्धी समस्या रहेकाे उनले बताए।

स्वास्थ्यमा समस्या देखिएपछि उनी ५ कात्तिक बिहान भर्ना भएका थिए। सोही दिन बेलुका उनकाे रिपाेर्ट पोजेटिभ आएकाे थियाे।

यता शुक्रबार बिहान करिब ४ बजे धरान उपमहानगरपालिकाकी ५९ वर्षीया महिलाको मृत्यु भएको हो। 

ती महिला २९ असोजमा नोबेल मेडिकल कलेजमा भर्ना भएकी थिइन्। सोही दिन उनलाई कोरोना पोजेटिभ देखिएको दाहालले जानकारी दिए। 

मृतकमा श्वासप्रश्वास र मधुमेह सम्बन्धी रोग थियो।

प्रकाशित मिति: : 2020-10-23 12:01:00

प्रतिकृया दिनुहोस्