कोरोनाबाट बच्न सिकाउँदै स्काउट

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल स्काउटले सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरणको अभियानलाई तिव्र बनाएको छ।

नेपाल स्काउटको केन्द्रको निर्देशन अनुसार महामारीको रूपमा फैलिएको कोभिड १९ बाट बच्न सचेतना मुलक अभियानसँगै स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सुरू गरेको हो।

नेपाल स्काउटले विराटनगरमा कार्तिक २ गतेदेखि अभियान सुरू गरेको छ। प्रदेश १ को राजधानी विराटनगरमा सामुदाय स्तरमा तिव्र रूपमा संक्रमण फैलिएको सहरमा अहिले स्काउटले स्वास्थ्य सचेतना अभियान सँगै कोभिडबाट बच्न स्वास्थ्य सामाग्रीहरू सर्वसाधरणलाई बितरण गर्दै आएको छ। विराटनगरको एक दर्जन ठाउँमा छुट्टा–छुट्टै स्थानमा सचेतना मुलक कार्यक्रमसँगै स्वास्थ्य सामाग्री वितरण गरिएको हो।

स्काउटले विराटनगरको पुष्पलालचौक, तीनपैनी चौक, हाटखोला, चाँदनी चौक, जुटिमल चौक, डिएसपी चौक, ट्राफिक चौकलगायतको क्षेत्रमा सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरण गरेको छ।

हालसम्म विराटनगर महानगरपालिका भित्र ३० हजार भन्दा बढी निःशुल्क मास्क वितरण गरिएको नेपाल स्काउटले जनाएको छ।

स्काउटले सर्वसाधरणहरूलाई मास्क वितरणसँगै सहि तरिकाले लगाउन सिकाउनुको साथै लगाएको मास्कको डिस्पोज गराउने तरिका पनि सिकाउँदै आएको छ।

नेपाल स्काउटले अहिले दशभरी सचेतना मुलक अभियान सँगै कोभिडबाट बच्न स्वास्थ्य सामाग्री वितरण गर्दै आएको

प्रकाशित मिति: : 2020-10-23 14:47:00

प्रतिकृया दिनुहोस्