कपिल देवलाई हृदयघात

भारतीय क्रिकेट टिमका पूर्वकप्तान कपिल देवलाई हृदयघात भएको छ।

६१ वर्षीय देवलाई हृदयघातपछि दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ। उनको एन्जिओपाल्टी गरिएको छ। 

उनको स्वास्थ्य अहिले खतरामुक्त रहेको पारिवारीक स्राेतले जनाएकाे छ।

हरियाणाका देवकै नेतृत्वमा भारतले पहिलो पटक सन् १९८३ मा क्रिकेट विश्वकप जितेको थियो।

 देवले सन् १९७८ देखि १९९४ सम्म भारतीय टिममा रहेर क्रिकेट खेलेका थिए। उनी उत्कृष्ट अलराउन्डरका रुपमा विश्वभर परिचित रहेका छन्।

प्रकाशित मिति: : 2020-10-23 15:23:00

प्रतिकृया दिनुहोस्