धनुषामा एक कोरोना संक्रमितको मृत्यु

 धनुषामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका १ निवासी ६५ वर्षीया महिलाको शनिबार बिहान २ बजेतिर मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका निमित्त निर्देशक विजय झाका अनुसार ज्वरो आएर सास लिन कठिनाइ भएपछि महिलालाई शुक्रबार बिहान प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। 

उनको शुक्रबारै स्वाब लिएर परीक्षण गर्दा राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको थियाे।

उनका अनुसार महिलामा उच्च रक्तचाप, मधुमेह र दमसमेत देखिएको थियो।

योसँगै धनुषामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १९ पुगेको छ।

प्रकाशित मिति: : 2020-10-24 11:52:00

प्रतिकृया दिनुहोस्