सरकारले करदातालाई निचोर्ने वा अनुचित छुट दिने गर्न सक्दैन : विष्णु पौडेल [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौँ
तस्बिर : नेपाललाइभ

सविन मिश्र

मन्त्रिपरिषद हेरफेरका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको जिम्मेवारी आफ्ना विश्वासपात्र एवं पार्टीका महासचिव विष्णु पौडेललाई दिए। कोरोना सिर्जित संकटमा अर्थतन्त्रलाई पुनरोत्थान गर्ने मूल जिम्मेवारीसहित पौडेल साढे ४ वर्षपछि सिंहदरबार फर्किएका छन्। 

पहिलो कार्यकालमा भूकम्प र भारतीय नाकाबन्दीका कारण ध्वस्त भएको अर्थतन्त्रलाई गति दिने मूल जिम्मेवारी थियो। अहिले कोरोना संकट छ। मन्त्री पौडेलले मन्त्रालय प्रवेशसँगै मितव्ययिता कायम गर्ने एजेन्डालाई प्राथमिकतामा राखेका छन्। अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, कर प्रणाली र खर्च प्रणालीमा सुधार ल्याउने विषयमा पौडेलसँग नेपाल लाइभका सविन मिश्रले गरेको कुराकानीको सम्पादित अंश: 

अर्थतन्त्रमा आन्तरिक र बाह्य चुनौति सँगसँगै देखिएका छन्। पहिलोपटक अर्थमन्त्री बन्दा जस्तै यसपटक पनि चुनौतीको पहाड तपाईंसामु छ। अर्थमन्त्रीको रूपमा तपाईंले यसपटक आफ्नो पहिचान स्थापित गर्ने गरी कसरी काम गर्ने सोच बनाउनु भएको छ?
कोरोनाले हाम्रो आर्थिक जीवनमा जुन प्रकारको चुनौती सिर्जना गरेको छ, त्यसलाई सामना गर्न नेपाल सक्षम भयो भन्ने सन्देश सम्प्रेषण गर्ने गरी काम गर्नुपर्छ भन्ने ठानेको छु। यसनिम्ति मैले हाम्रो समाजमा रहेका आर्थिक जगतका विज्ञ, विशेषज्ञहरूको सुझाव र सल्लाह लिएर म काम गर्न चाहन्छु। अर्थतन्त्रमा योगदान गर्ने सबै पक्षका पीडा, दु:ख, कठिनाइ बुझेर तिनको समाधानका लागि म लाग्छु। अन्तर्क्रियात्मक भएर, सबै पक्षका सुझाव लिएर, छलफलमा बढ्ता केन्द्रित भएर आजका चुनौति समाधान गर्न चाहन्छु।

प्रकाशित मिति: : 2020-10-24 20:21:00

प्रतिकृया दिनुहोस्