मुम्बईको पूर्व मुख्यमन्त्री फडणवीसलाई पनि कोरोना पोजेटिभ

महाराष्ट्रका पूूर्व मुख्यमन्त्री तथा बिहार चुनावका भारतीय जनता पार्टी (भाजपा) का प्रभारी देवेन्द्र फडणवीस कोरोना संक्रमित भएका छन्। 

उनले ट्वीट गरेर यसको जानकारी दिएका हुन्। उनी हाल आइसोलेसनमा छन्। 

फडणवीसले आफूसँग सम्पर्कमा भएका व्यक्तिलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन्। 

बिहार राज्यमा चुनाव घोषणा भएर प्रचार–प्रसारको अभियान सुरु भइसकेको अवस्थामा तीन ठूला नेता पनि संक्रमित भएका थिए। यसमा उपमुख्यमन्त्री सुशील कुमार मोदी, राजीव प्रताप रुडी र शाहनवाज हुसैन छन्। 

भारतमा हाल ७८ लाखको हाराहारीमा कोरोना संक्रमित पुगिसकेका छन्। यसमा ७० लाखको स्वास्थ्य सुधार भइसकेको छ। 

भारतमा कोरोनाका कारण १ लाखभन्दा बढी मानिसको निधन भइसकेको छ।

प्रकाशित मिति: : 2020-10-24 21:22:00

प्रतिकृया दिनुहोस्