युनाइटेड र चेल्सीकाे गोलरहित बराबरीमा राेकियाे

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेल्दै अंक बाडेका छन्।

ओल्ड ट्राफोर्डमा युनाइटेड र चेल्सीले गोलरहित बराबरी खेलेको हो।

युनाइटेडका स्ट्राइकर एडिनसन काभानीले चेल्सीविरुद्धको खेलबाट डेब्यु गरेका थिए।

उनी ड्यानियल जेम्सको स्थानमा ५८औँ मिनेटमा मैदान प्रवेश गरेका थिए।

बराबरीसँगै युनाइटेडले ६ खेलमा ८ अंक जोडेको छ। युनाइटेड तालिकाको ११औँ स्थानमा रहेको छ।

चेल्सीले ६ खेलमा ९ अंक जोडेको छ। चेल्सी तालिकाको छैटौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-10-25 07:07:00

प्रतिकृया दिनुहोस्