देशभर थपिए २ हजार ८ सय ५६ कोरोना संक्रमित, ३ हजार ३ सय ३६ डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ। 

देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४५ हजार ५ सय ७२ पुगेको छ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ३६ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ जना पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ।

यसैगरी नेपालमा आइसोलेसनमा ४५ हजार ५ सय ७२ जना  कोरोना संक्रमित रहेका छन्। 

यस्तै ३ हजार ६४ जना  कोरोना संक्रमित क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १३ लाख ९३ हजार १ सय ७३ परीक्षणहरु गरिएका छन्। २४ घण्टामा जम्मा १२ हजार ३ सय ११ पीसीआर परीक्षण भएका छन्।

प्रकाशित मिति: : 2020-10-25 16:32:00

प्रतिकृया दिनुहोस्