राप्रपा अध्यक्ष कमल थापा काेराेना संक्रमुक्त

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा काेराेना संक्रमुक्त भएर डिस्चार्ज भएका छन् ।

गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थापा आइतवार डिस्चार्ज भएका हुन्।

गत असोज ३० गते स्वास्थ्यमा समस्या देखिएपछि चाबहिलस्थित ॐ अस्पताल लगिएकाे थियाे। त्यहाँ परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।  

उनलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसूस भएपछि अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । 

अहिले स्वास्थ्यमा उल्लेख सुधार भएपछि घर फर्केकाे राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

डिस्चार्जपछि थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थ्यकर्मी, अस्पताल सञ्चालक र  व्यवस्थापन समिति, कर्मचारी तथा आफ्नो स्वास्थ्यप्रति चिन्ता लिई स्नेह, सद्भाव र शुभकामना दिने सबैमा  कृतज्ञता प्रकट गर्दै धन्यवाद व्यक्त गरेका बर्तौलाले जानकारी दिए ।

डिस्चार्ज भएका अध्यक्ष थापा बूढानीलकण्ठ पासिकोटस्थित निवासमा रहने जनाइएको छ ।

प्रकाशित मिति: : 2020-10-25 18:54:00

प्रतिकृया दिनुहोस्