भारत र अमेरिकाबीच महत्वपूर्ण सैन्य सम्झौंता, भारतलाई मिसाइल प्रयोगका लागि अमेरिकाले ‘डेटा’ उपलब्ध गराउने

भारत र अमेरिकाबीच रक्षाको विषयलाई लिएर सबैभन्दा ठूलो सम्झौंता भएको छ।

भारत–अमेरिकाबीच राजधानी नयाँ दिल्लीको हैदराबाद हाउसमा मंगलबार भएको ‘टु प्लेस टु’ मिटिङमा भारतले लडाईंको बेला दुश्मन राष्ट्रविरूद्ध मिसाइल प्रयोग गर्न अमेरिकी डेटा प्रयोग गर्ने सम्झौंतामा हस्ताक्षर भएको छ। 

भारत र अमेरिकाका विदेश तथा रक्षा मन्त्रीबीच तेस्रो पल्ट भएको बैठकमा भारतले ‘बेसिक एक्सचेञ्ज एण्ड को–अपरेसन एग्रीमेन्ट (बेका) मा हस्ताक्षर गरेको छ। 

चीनसँग पछिल्लो समय बढ्दो तनावका बीच भारतले अमेरिकासँग यो सम्झौंतामा हस्ताक्षर गरेको हो। 

यो सम्झौंतापछि अब भारतले प्रहार गर्ने मिसाइलको सटिक भौगोलिक अवस्थाको जानकारी अमेरिकाले उपलब्ध गराउने छ। 

यही सम्झौंताका लागि सोमबार दिल्ली आइपुगेका अमेरिकी विदेश मन्त्री माइक पोम्पियो र रक्षा मन्त्री मार्क एस्परले पहिले शहिदलाई श्रद्धाञ्जली दिएका थिए। 

अमेरिकी मन्त्रीसँग भारतका विदेशमन्त्री एस जयशंकर र रक्षा मन्त्री राजनाथ सिंहले वार्ता गरेका थिए।

प्रकाशित मिति: : 2020-10-27 13:14:00

प्रतिकृया दिनुहोस्