काठमाडौं उपत्यकामा थपिए २ सय ५२ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा  थप २ सय ५२ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमा ९७ महिला र १ सय ५५ पुरुष संक्रमित हुन्।

मंगलबार थपिएकाे संक्रमितमा काठमाडाैंका २ सय २५, भक्तपुर ४ र ललितपुरमा २३ रहेका छन्।

२४ घण्टामा जम्मा २ हजार ७ सय २५ पीसीआर परीक्षण भएका छन्।

प्रकाशित मिति: : 2020-10-27 16:58:00

प्रतिकृया दिनुहोस्