वर्षौंदेखि सर्वोच्चमै थन्किए हाइप्रोफाइलका भ्रष्टाचार मुद्दा

नेपाल लाइभ

काठमाडौँ
फाइल तस्बिर

दुर्गा दुलाल

२०५८ जेठमा चर्चित लाउडा प्रकरणमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारणीदत्त चटाैतसहित सातजनालाई विपक्षी बनाएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  मुद्दा दायर गर्‍यो।  उक्त समयमा यो मुद्दाले यति तरङ ल्यायो कि गिरिजापसाद कोइरालाले सर्वोच्च अदालत नारायणहिटी सारे हुन्छ भनेर टिप्पणी गरे। जसका कारण उनले अवहेलना मुद्दासमेत खेपेर सर्वोच्चमा बयान दिन जानुपर्‍यो। 

उक्त मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन नै छ। तत्कालीन प्रधानमन्त्री कोइरालाको मृत्यु भएको ११ वर्ष भइसक्यो तर यो मुद्दा भने सर्वोच्च अदालतको एकपछि अर्को इजलाशमा पेशी चढेर घुमिरहेको छ।

२०५८ जेठमा भ्रष्टाचार मुद्दा चलाइएको थियाे। विशेष अदालतबाट सफाइ पाएपछि अख्तियारले २०६४ माघ १३ गते सर्वोच्चमा पुनरावेदन गरेको थियो। सर्वोच्चको संयुक्त इजलासमा राय बाझिएपछि यो मुद्दा हाल पूर्ण इजलासमा पुगेको छ।  

लाउडा जहाज भाडामा ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको दाबीसहित दायर मुद्दाले १९ वर्षदेखि अन्तिम अन्तिम फैसला कुरिरहेको छ।

अदालतमा मुद्दा खेप्दाखेप्दै  एक पूर्वकर्मचारी गौरीनाथ शर्माको मृत्यु भइसकेको छ। तर उनको मुद्दाको सुनुवाइ हुने पालो आएको छैन। यस्तै, पूर्वमन्त्री गोविन्दराज जोशीको अकुत सम्पत्तिसम्बन्धी मुद्दामा पनि २०६९ सालदेखि एकपछि अर्को कारणले सुनुवाइ सरिरहेको छ।

प्रकाशित मिति: : 2020-10-28 09:58:00

प्रतिकृया दिनुहोस्