अपूर्ण रानीपोखरीले दु:ख दिन सक्छ !

बाह्रखरी

काठमाडौँ
फाइल तस्बिर

सुनिता लोहनी

भूकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माण सम्पन्‍न भई असोज ५ गते उद्घाटन भयो । कोरोना महामारीले प्रभाव पारिरहेको अवस्थामा नेपालीहरु अलिकति भए पनि खुसी भए । मल्लकालीन राजा प्रताप मल्लको शान र काठमाडौंको सौन्दर्य रानीपोखरी ढिलै भए पनि बन्यो ।

व्यस्त सहरबीच लामो समयपछि पानी भरिएको ठूलो पोखरी देख्दा कसको मन नरमाउला र ? तर पोखरीमा पानी आउने र जाने निकास नहुँदा अभियन्ताहरु भने चिन्तित छन् । अपूर्ण बनेको रानीपोखरीले प्रधानमन्त्री केपी ओलीको समृद्ध नेपालमा कतै दु:खको बाढी त ल्याउँदैन ? प्रश्‍न उठेको छ ।

प्राचीन समयमा पोखरीमा पानी भर्न राजुकलो र आकाशे पानीको भर हुन्थ्यो । प्राकृतिक क्यानल बनाएर सुन्दरीजल तथा बागद्वारबाट पानी ल्याई काठमाडौंका बासिन्दालाई तत्कालीन शासकहरु खुवाएका थिए । सुन्धारामा बागद्वारको पानी राजकुलोबाटै ल्याइएको थियो । तर आधुनिक समयमा यसका अलवा डिप बोरिङ पनि एक प्रविधि हो, जसबाट जमिनमुनिको पानी झिक्न सकिन्छ । तर रानीपोखरीको हकमा डिप बोरिङ गर्दा वरिपरिको जमिनमा असर पर्ने विज्ञको बुझाइ छ । पोखरी विज्ञ सुशील श्रेष्ठ भन्छन्, “रानीपोखरी भर्न पाँच करोड लिटर पानी चाहिन्छ । त्यति पानी जमिनमुनिबाट तान्यो भने त्यहाँ वरिपरि बस्तीका पानीका मुहान पूरै सुक्छन् । त्यसपछि त्यहाँका बासिन्दाले के गर्ने ?”

प्रकाशित मिति: : 2020-10-28 10:20:00

प्रतिकृया दिनुहोस्