फ्रान्समा एक महिना लकडाउन गर्नसक्ने सम्भावना, फेरि बढ्यो कोरोना

फ्रान्समा कोरोनाको दोस्रो चरणको संक्रमण देखिन थालेपछि सरकारले एक महिना देशभरि लकडाउन गर्नसक्ने सम्भावना बढेको छ। 

बुधबार स्थानीय मिडियाले बताएअनुसार आज राती नै राष्ट्रपति इमानुअल माक्रोको सम्बोधन सार्वजनिक हुनसक्छ। 

राष्ट्रको नाममा हुने भाषणमा लकडाउनसँगै अन्य प्रतिबन्धको घोषणा पनि हुनसक्ने बताइएको छ। सरकारले पहिलो पल्ट पर्यटकलाई लिएर आफ्नो रणनीति सार्वजनिक गर्न सक्छ। 

फ्रान्समा हाल संक्रमितको संख्या ११ लाख नाघिसकेको छ। अहिले दैनिक ५२ हजारको हाराहारीमा नयाँ संक्रमित फेला पर्न थालेका छन्। 

हालसम्म ३५ हजार मानिसको निधन भइसकेको छ। गत मार्चमा नियन्त्रणमा आएको यहाँको अवस्थाका कारण सरकारले सबै कुरा खुला गरेको थियो।

तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सामाजिक दुरी र मास्क अनिवार्य गर्न चेतावनी दिँदै आएको थियो। अझ उसले तत्काल स्कुल नखोल्न र भीडभाड हुने स्थान बन्द गर्न आग्रह गरेको थियो।

प्रकाशित मिति: : 2020-10-28 12:06:00

प्रतिकृया दिनुहोस्