थप १ हजार ९५४ जनामा संक्रमण पुष्टि, २ हजार ९८१ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

बुधबार थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे। 

काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

याेसँगै नेपालमा संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ। देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३९ हजार ६४३ पुगेको छ।

त्यसैगरी थप २ हजार ९८१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको १ लाख २१ हजार ८२४ संख्या पुगेको छ।

हालसम्म पीसीआर विधिबाट १४ लाख ९ हजार २९५ परीक्षणहरु गरिएकाे मन्त्रालयले जनाएकाे छ। 

२४ घण्टामा जम्मा ८ हजार २४८ पीसीआर परीक्षण भएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ८८९ जना रहेका छन्।

प्रकाशित मिति: : 2020-10-28 17:01:00

प्रतिकृया दिनुहोस्