बन्दाबन्दीको सदुपयोग : सफल र कुशलका दुई निर्माण !

तस्बिर : गोरखापत्र

वसन्त पराजुली

आमाबाबु मेकानिक, दुई छोरा गाडी निर्माता ! यस्तै संयोग मिलेको छ, चितवन भरतपुरका एक पौडेल परिवारमा । चार जनाको परिवारमा चारै जना उद्यमशील मात्रै रहेनन्, सिर्जनशील पनि !
भरतपुर महानगरपालिका–६ का २० वर्षका सफल पौडेल र उनका १७ वर्षका भाइ कुशल पौडेलले सोलार र पेट्रोलबाट चल्ने छुट्टाछुट्टै दुईवटा गाडी निर्माण गर्नुभयो भने उहाँहरूका बुबा खेमराज र आमा शर्मिला झन्डै दुई दशकदेखि यहाँ मोटर, पङ्खा, गिजरलगायतका सामानको मेकानिक हुनुहुन्छध्र
बन्दाबन्दी सुरु भएपछि वैशाखमा सफल र कुशलले पेट्रोलबाट चल्ने चार सिटे कार बनाउनुभयो । त्यसलगत्तै उहाँहरूले असोजमा आएर सोलारबाट चल्ने कार बनाएर चलाउन सफल हुनुभयो । दाजुभाइको मिहिनेतमा बनेको दुवै गाडी अहिले भरतपुरकै विभिन्न ठाउँमा उहाँहरू आफैले परीक्षणका रूपमा गुडाइरहनुभएको छ ।
१८० सीसीको पल्सर मोटरसाइकलको इन्जिनमा मारुती कारको चक्का जोडेर पहिलो पेट्रोलबाट चल्ने कार बनायौँ, ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थी सफल भन्नुहुन्छ, “गाडीको बडी भने गाउँघरमै पाइने फलामका पाता मिलाएर राखेका छौँध्र” यो गाडी अहिले प्रतिघण्टा ५० किलोमिटरका दरले गुड्नसक्ने र एक लिटर पेट्रोलले ३० किलोमिटर सम्मको दूरी पार गर्नसक्ने उहाँले जनाउनुभयो ।
पेट्रोलबाट भन्दा सोलारबाट चलाउने कार मितव्ययी हुने भन्दै पौडेल दाजुभाइ पहिलो कारमा मात्रै रोकिएनन् । उनीहरूले धेरै सोचविचार गरे र पुनः सोलारबाट चल्ने कार पनि बनाइछाडे । भाइ कुशल भन्नुहुन्छ, “१५० वाटका चारवटा ब्याट्रीलाई डीसी मोडमा लगेर सोलार प्यानलमार्फत चार्ज गरेर कार चलाइएको छ । ”

प्रकाशित मिति: : 2020-10-29 08:45:00

प्रतिकृया दिनुहोस्