पोखरामा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड १९ अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

पोखरा महानगरपालिका १३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो।

आईसीयूमा उपचाररत ती महिलाको गएराति ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए।

कोरोना संक्रमित भइ उनी यही कात्तिक ५ गते अस्पतालमा भर्ना भएकी थिइन्।

प्रकाशित मिति: : 2020-10-29 10:38:00

प्रतिकृया दिनुहोस्