काठमाडौं उपत्यकामा थपिए १६१५ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६१५ कोरोना संक्रमित देखिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितमा ७०४ महिला र ९११ पुरुष रहेका छन्। 

काठमाडौंमा १ हजार ३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना नयाँ संक्रमित थपिएकाे मन्त्रालयले जनाएकाे।

पछिल्लो २४ घण्टामा २ हजार ३६४ जना थपिएका छन्  कोरोना संक्रमित। हालसम्म नेपालमा १ लाख ६४ हजार ७१८ संक्रमितको संख्या पुगेको छ।

प्रकाशित मिति: : 2020-10-29 17:01:00

प्रतिकृया दिनुहोस्