नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढ्याे: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीलाई भेटेको विषय विवादित बनेका बेला थापाले शुक्रबार ट्विट गर्दै सत्तारुढ र प्रमुख प्रतिपक्ष दलको अकर्मण्यताका कारण नेपाल अन्तर्राष्ट्रिय केन्द्रको प्रतिस्पर्धास्थल बन्न लागेको बताएका हुन्।

‘भारत र चीनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदुरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो,’ थापाले लेखेका छन्, ‘तर सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका अकर्मण्यता र गलत नीतिको परिणास्वरुप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ।’

देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत बन्नसमेत उनले आग्रह गरेका छन्।

स्रोतहरुका अनुसार प्रधानमन्त्री ओलीकै पहलमा गोयल नेपाल भ्रमणमा आएका थिए। 

उनले भारतसँग सम्बन्ध सुधार गर्नका लागि गोयललाई बोलाएको हुन सक्ने जनाइएकाे छ। तर भारतीय गुप्तचरको आगमनले सत्तारुढ दलका नेताहरु रुष्ट बनेका छन्।
 

प्रकाशित मिति: : 2020-10-30 11:16:00

प्रतिकृया दिनुहोस्