एटीएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा एक युवक पक्राउ

तनहुँमा माछापुच्छ्रे बैंकको एटीएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

व्यास नगरपालिका ४ ट्राफिक चोकस्थित बैंकको एटीएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा पर्साको पटेर्वा सुगौली गाउँपालिका २ रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियालाई प्रहरीले फेला पारेको थियो।

उनले पैसा लुट्न एटीएमको पिनहरू स्क्रुपको सहायताले खोल्दै गरेका थिए।  

उनको साथबाट प्रहरीले लागू औषध १ सय ३५ ट्याब्लेट नाइट्राभेट पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

उनले प्रयोग गरेको ग ११ प ९९६५ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2020-10-30 14:18:00

प्रतिकृया दिनुहोस्