थप ३५ सय १७ मा कोरोना संक्रमण, १६ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

काठमाडौंमा १५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र ललितपुरमा २ सय २९ जना गरी १८ सय ८८ जनामा कोरोना संक्रमण देखिएको हो।

जसमध्ये ७ सय ८१ जना महिला र ११ सय ७ जना पुरूष रहेका छन्।

शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ हजार ९६ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको  मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

प्रकाशित मिति: : 2020-10-30 16:33:00

प्रतिकृया दिनुहोस्