काठमाडौं उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे  छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र ललितपुरमा २ सय २९ जना गरी १८ सय ८८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो।

जसमध्ये ७ सय ८१ जना महिला र ११ सय ७ जना पुरूष रहेका छन्।

मन्त्रालयका अनुसार शुक्रबार देशभर थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनामुक्त भएर ४ हजार ९६ घर फर्किएका छन्।

प्रकाशित मिति: : 2020-10-30 16:42:00

प्रतिकृया दिनुहोस्