गणेशमान सिंहको लुगा च्यातिदिएर नाङ्गै बनाएर दुर्व्यवहार गरेको त्यो क्षण...

बाह्रखरी

काठमाडाै‌

०३६ सालमा निर्दल कि बहुदल भन्ने जनमत संग्रहको अभियान हामीले चितवनबाट सुरु गरेका थियौं । चितवनबाट कार्यक्रम सकेर हामी हेटौडा पुग्यौँ । हेटौडा कांग्रेसको कमजोर नै ठाउँ हो । कमजोर ठाउँ भएकाले हेटौडामै आमसभा गर्ने तय गरेका थियौं ।

हेटौडामा अहिलेसम्म पनि कांग्रेसको अवस्था राम्रो भएको छैन । आफूलाई कम्युनिष्ट भन्नेहरुकै त्यहाँ प्रभाव छ । जनमत संग्रहका बेलामा सरकार पनि कम्युनिष्टहरुप्रति नरम थियो । कांग्रेसलाई मात्र निषेध गर्ने चरित्र भएको ठाउँ थियो हेटौडा । त्यस्तो ठाउँमा कार्यक्रम गर्ने तय भयो ।

गणेशमान सिहंंज्यूसँग म प्युठान, दाङको घोराहीलगायतका ठाउँहरु पनि घुमेको थिएँ । चितवनमा भव्य आमसभा भयो । कम्युनिष्टहरु जनमतसंग्रहको विरोधी थिए । पञ्चहरु त विरोधी हुनेनै भए । गणेशमान सिंह, कांग्रेसका पूर्वमहामन्त्री त्रिभुवनसिंह प्रधान, गणेशमानजीको छोरा प्रदीपमान सिंह पनि हुनुहुन्थ्यो । म गणेशमानजीको कार्यक्रम संयोजक थिएँ त्यतिबेला । 

प्रकाशित मिति: : 2020-10-31 11:01:00

प्रतिकृया दिनुहोस्