थप २८ सय २४ जनामा कोरोना संक्रमण

मुलुकभर थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ हजार ८२४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्। 

याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ।

त्यसैगरी हालसम्म देशभरि सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ।

प्रकाशित मिति: : 2020-11-01 16:36:00

प्रतिकृया दिनुहोस्