स्वास्थ्य मन्त्रालयले भन्याे– धरौटी नलिइ काेराेना संक्रमितकाे उपचार गर्नू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको उपचारका लागि धरौटी नलिन अस्पतालहरुलाई निर्देशन दिएको छ।

आइतबार आयोजित मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले धरौटी मागेका सरकारी अस्पतालहरुसँग स्पष्टीकरण सोधिएको समेत बताए।

शनिबार मात्रै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड-१९ भएर उपचारका लागि आईसीयू र आइसोलेशनमा भर्ना भएका बिरामीको लागि शुल्क तोकेको थियाे।

मन्त्रालयले २ कात्तिकमा विपन्न, जेष्ठ नागरिक ७० वर्षभन्दा माथि, अति अपाङ्गता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचय पत्र भएमा आर्थिक अवस्था हेरेर आवश्यकताका आधारमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म उपचार छुट दिने निर्णय गरेको थियो। 

अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने मन्त्रालयको निर्णय छ। यसअनुसार अस्पतालहरुले संक्रमितहरुको दैनिक उपचार शुल्क तोकेर धरौटी रकम जम्मा गर्न लगाउन थालेका छन्।

कोभिड-१९ भएर स्वास्थ्य उपचारका लागि निम्नवर्गीय तथा मध्यम वर्गीय परिवारका बिरामी धाउने सरकारी अस्पताल भिड लाग्ने गर्छ। 

प्रकाशित मिति: : 2020-11-01 17:13:00

प्रतिकृया दिनुहोस्