थपिए २९ सय ३३ कोरोना संक्रमित, २४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ।

यसैगरी पछिल्लो २४ घन्टामा नेपालमा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ।

कोरोनामुक्त भएर ३ हजार १ सय ५० जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ जना पुगेको छ।

प्रकाशित मिति: : 2020-11-02 17:21:00

प्रतिकृया दिनुहोस्