लेस्टर सिटीको प्रभावशाली जित

लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडमाथि सानदार जित हात पारेको छ। 

लेस्टरले मंगलबार राति भएकाे खेलमा लिड्सलाई उसकै मैदानमा ४–१ ले हराएको हो।

लेस्टरको जितमा युरी टिलेमान्सले दुई तथा हार्भे बार्नेस र जेमी भार्डीले समान एक गोल गरे। 

घरेलु टोलीका स्टुआर्ट डालासले एक गोल फर्काए।

 खेलको दोस्रो मिनेटमा नै हार्भे बार्नेसलरे गाेल गरे।

२१औँ मिनेटमा युरी टिलेमान्सले गोल गर्दै लेस्टरलाई पहिलो हाफमा २–० को अग्रता दिलाए।

४८औँ मिनेटमा घरेलु टोलीका स्टुआर्ट डालासले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए।

७६औँ मिनेटमा जेमी भार्डीले सेन्गिज अन्डरको पासमा गोल गर्दै लेस्टरको जित पक्का गरे। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा युरी टिलेमान्सले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई ४–१ को फराकिलो जित दिलाए।

जितसँगै लेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ। लेस्टरको ७ खेलबाट १५ अंक पुगेको छ। समान खेलबाटै शीर्षस्थानको लिभरपुलको १६ अंक रहेको छ। पराजित लिड्स १० अंकसहित १२औँ स्थानमा यथावत छ।

लिग अन्तर्गत सोमबार राति भएको अर्को खेलमा फुलह्यामले वेष्ट ब्रोमलाई २–० ले पराजित गरेको छ।

फुलहम ४ अंक जोडेर १७औँ स्थानमा छ। बेस्टब्रुम ३ अंकसहित १८औँ स्थानमा छ।

प्रकाशित मिति: : 2020-11-03 07:31:00

प्रतिकृया दिनुहोस्