हिन्दु ग्रन्थमाथि अपमान गरेको भन्दै अमिताभविरूद्ध मुद्धा दायर

हिन्दु भावनामाथि चोट पुर्‍याएको भन्दै बलिउड सुपरस्टार अमिताभ बच्चन तथा ‘कौन बनेगा करोडपति’ कार्यक्रमविरूद्ध लखनउमा मुद्धा दायर भएको छ। 

कोरोना संक्रमणकै बीचमा अमिताभ ‘कौन बनेगा करोडपति’ को १२औँ शृंखलाका लागि गत महिना सुटिङमा फर्किएका थिए। उनको कार्यक्रममा भारतको संविधान निर्माता डाक्टर अम्बेडकर तथा मनुस्मृतिको विषयमा गरिएको एउटा प्रश्नलाई लिएर कार्यवाहीको मागसहित मुद्धा दायर भएको हो। 

सामाजिक कार्यकर्ता बेजवाडा विल्सन र अभिनेता अनुप सोनी सहभागी कार्यक्रममा ६ लाख ४० हजार रूपैयाँको एउटा प्रश्न गरिएको थियो। 

जसमा २५ डिसेम्बर १९२७ मा डाक्टर अम्बेडकर र उनका समर्थकले कुन धार्मिक पुस्तकलाई जलाएका थिए भनेर प्रश्न गरिएको थियो। र, अप्सनमा– विष्णु पुराण, भगवद्गीता, ऋगवेद र मनुस्मृति राखिएको थियो। 

यो प्रश्नको उत्तर थियो– मनुस्मृति। यसपछि अमिताभले दर्शकलाई डाक्टर अम्बेडकरले मनुस्मृति ग्रन्थको कपि कसरी जलाए भनेर अथ्र्याएका थिए। यसैलाई लिएर सोसल मिडियामा यसको विरोध सुरु भएको छ। धेरै युजर्सले अमिताभले हिन्दुहरूको भावनामा चोट पु¥याएको बताएका छन्। 

कार्यक्रम टेलिभिजनमा सञ्चालन भइसकेपछि निर्देशक विवेक रंजन अग्निहोत्रीले ट्वीट गरेका थिए, ‘केबिसीलाई कम्युनिस्टले हाइज्याक गरे। अनभिज्ञ केटाकेटीले सिक्नुपर्छ सांस्कृतिक युद्ध कसरी जित्नुपर्छ।’ 

विवेक बाहेक अन्य युजर्सले पनि प्रश्न सोधेका छन्– प्रश्न गर्नु अपराध होइन। तर, अप्सनमा एउटै धर्मको पुस्तकलाई राख्नु भनेको हिन्दु धर्म मात्र खराब हो भन्न रचिएको प्रपञ्च हो।

प्रकाशित मिति: : 2020-11-03 16:12:00

प्रतिकृया दिनुहोस्