पाल्पामा उपचाररत कोरोना संक्रमितको मृत्यु

पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। 

कात्तिक १८ गते अस्पताल भर्ना भएका तिनाउ गाउँपालिकाका ४७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए।

उनको बुधबार स्वाब संकलन गरिएको थियो। बिहीबार रिपोर्ट पोजेटिभ आएको थियो। 

ती व्यक्तिलाई पहिल्यैदेखि मधुमेहको समस्या थियो।

यससँगै पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ।

प्रकाशित मिति: : 2020-11-05 14:19:00

प्रतिकृया दिनुहोस्