वर्ल्ड प्रेस फोटोको 'चेयर'मा नयनतारा : पहिलो नेपाली जसले छान्दैछिन् विश्वका उत्कृष्ट फोटो

पहिलोपोष्ट

काठमाडौँ
तस्बिर : पहिलो पोष्ट

स्वेच्छा राउत

आरडीटी हटाएर शत प्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै युवा जमात सडकमा उत्रिए। शान्तिपूर्ण भनेर सुरु भएको प्रदर्शन खिच्न फोटो पत्रकारहरूको बेग्लै भिड थियो। सबैको लेन्स सामाजिक दूरी कायम गरी बसेकाहरूतर्फ सोझिएको थियो।

फोटो पत्रकारहरूले प्रदर्शनकारी नियालेजस्तै फोटो पत्रकारहरूको झुण्डलाई नियाल्दै थिइन् नयनतारा गुरुङ कक्षपति। पेशाले उनी पनि फोटोग्राफर हुन्। तर, त्यसदिन उनी घाँटीमा क्यामेरा झुण्डाएर होइन हातमा नारा लेखिएको प्लेकार्ड बोकेर उभिएकी थिइन्।

तर, उनको ध्यान पटकपटक क्यामेरा भिरेर लेन्स सोझ्याइरहेका फोटो पत्रकारतर्फ नै सोझिन्थ्यो। सबैले एकै ठाउँबाट किन खिचिरहेका छन् भन्ने प्रश्न उनको मनमा उब्जिरहेको थियो। त्यतिकैमा उनले एक पत्रकारलाई नोटिस गरिन् जो प्रहरीले तोकिदिएको सीमाभन्दा केही पर पुगेका थिए। उनी फरक ठाउँबाट फरक एंगल खोज्दै गरेको उनले चाल पाइन्।

शान्तिपूर्ण आन्दोलनलाई प्रहरीले बिथोल्यो। आन्दोलनको 'न्यूज भ्याल्यू' पनि बढ्यो। घटनाबारे हरेक मिडियामा खबर छायो। खबरसँगै छापिएका तस्‍विरहरू भने सबै उस्तै - भेटिएन फरकपन।

प्रकाशित मिति: : 2020-11-05 15:09:00

प्रतिकृया दिनुहोस्