२९ सय ९ जनामा कोरोना पुष्टि, ४ हजार ५ सय डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २९ सय ९ जनामा कोरोना पुष्टि भएकाे छ।

याेसँगै काेराेना संक्रमितकाे संख्या १ लाख ८८ हजार ८८३ पुगेकाे छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरी सकृय संक्रमितको संख्या हालसम्म ३४ हजार ९०५ छ। 

२४ घण्टामा थप ४ हजार ५०० जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। 

योसँगै निको हुनेको १ लाख ५२ हजार ९०८ संख्या पुगेको मन्त्रालयले जनाएकाे छ। 

हालसम्म पीसीआर विधिबाट १५ लाख १७ हजार ३४३ परीक्षण गरिएका छन्।

यस्तै नेपालमा कोरोना संक्रमणबाट थप १८ को मृत्यु भएको छ।

याेसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० जना पुगेका छ।

प्रकाशित मिति: : 2020-11-06 17:01:00

प्रतिकृया दिनुहोस्