नेपालगन्जमा दुई कोरोना संक्रमित सुत्केरीकाे मृत्यु

 नेपालगन्जमा दुई कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ।

कोरोना संक्रमण भएर उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएका लमही नगरपालिका १० निवासी ६४ वर्षीय पुरुषको मृत्यु भएको छ। 

भेरी अस्पताल नेपालगन्जमा बिहीबार राति ९ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ।

 ती व्यक्तिको स्वास्थ्यमा समस्या आएपश्चात् कात्तिक १३ गते कोरोना भाइरस संक्रमणको आशंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङमा स्वाब परीक्षण गरिएको थियो। १४ गते आएको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ पाइएपछि कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा भर्ना गरिएको थियो।

बेलझुण्डीको कोरोना विशेष अस्पतालमा उपचाररत ती वृद्धाको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि भन्दै कात्तिक १९ गते बेलुका भेरी अस्पताल नेपालगन्जको कोरोना आइसोलेसन युनिटमा ल्याइएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

यस्तै कात्तिक १७ गते सुत्केरी भएकी तुल्सीपुर उपमहानगरपालिका १० दाङकी २० वर्षीया महिलाको पनि मृत्यु भएको छ। 

उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा शुक्रबार दिउँसो ३ बजेर २० मिनेटमा मृत्यु भएको फोकल पर्सन नरेश श्रेष्ठले बताए।

सुत्केरी व्यथाले च्यापेपछि उपचारका लागि कत्तिक १६ गते मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी उनले सोमबार बच्चा जन्माएकी थिइन्।

योसँगै उपचारका लागि बाँके आएर ज्यान गुमाउने बाहिरी जिल्लाका संक्रमितहरुको संख्या २६ पुगेको छ।

प्रकाशित मिति: : 2020-11-06 18:58:00

प्रतिकृया दिनुहोस्