फ्रान्समा एकै दिन ८२८ जनाको काेराेना संक्रमणबाट मृत्यु

फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९ हजार ९१६ पुगेको छ। 

शुक्रबार एकै दिन ८२८ जनाको मृत्यु भएको थियो। 

कोरोना भाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भएको फ्रान्समा अहिले लकडाउन जारी छ।

यो लकडाउन कम्तीमा आउँदो डिसेम्बर १ सम्म जारी रहने छ ।
 
तरकोरोना संक्रमितको संख्या भने बढ्दै गएको छ। हिजो फ्रान्समा अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको थियो।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार ६० हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो।  

योसँगै कोरोना संक्रमितको संख्या १७ लाख ९ हजार नाघेको छ।


 

प्रकाशित मिति: : 2020-11-07 07:15:00

प्रतिकृया दिनुहोस्