दाङका थप एक कोरोना संक्रमितको मृत्यु

दाङका थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका १५ का ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा शनिबार विहान मृत्यु भएको हो।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएर उनी कात्तिक २० गते साँझ भर्ना भएका थिए। उनको शनिबार विहान साढे ५ बजे मृत्यु भएको हो। 

योसँगै दाङमा ज्यान गएका कोरोना संक्रमितको संख्या १८ पुगेको छ।

प्रकाशित मिति: : 2020-11-07 09:12:00

प्रतिकृया दिनुहोस्