लमजुङ, बाँके र रुपन्देहीमा थप तीन काेराेना संक्रमितकाे मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

लमजुङ, बाँके र रुपन्देहीमा थप तीन काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। 

लमजुङको मध्यनेपाल नगरपालिका २ का ४७ वर्षीय पुरूषको आइतबार बिहान ४ः७ बजे मृत्यु भएको हो।

उनकाे उपचारको क्रममा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा  मृत्यु भएको हाे।

अस्पतालका निर्देशक प्राध्यापक डा. दयाराम लम्सालका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखापरेपछि उनी मेडिकल कलेजमा भर्ना भएका थिए।

कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका उनीलाई कात्तिक २३ मा मेडिकल कलेजको कोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएकाे थियाे।

यता भेरी अस्पतालमा उपचारकै क्रममा शनिबार रोल्पाको लिवाङ ४ का ५६ वर्षीय व्यक्तिको मृत्यु भएकाे छ। 

उनकाे राति १२ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।

ती व्यक्तिलाई एक महिनादेखि जन्डिससमेत देखिएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सुरुमा रेउघा अस्पताल लगिएको थियो। त्यहाँबाट कात्तिक १४ गते मेडिकल कलेज कोहलपुर ल्याइएको थियो। त्यहाँ स्वाब परीक्षण गर्दा कात्तिक १५ गते कोरोना पुष्टि भएपछि थप उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो।

यता रुपन्देहीमा बुटवल उपमहानगरपालिका-२ की ७० वर्षीया महिलाको मृत्यु  भएकाे छ। 

 बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा शनिबार राति ९ बजे  ती महिलाको मृत्यु भएको भएकाे हाे।

कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि १७ गते अस्पताल भर्ना भएकी थिइन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमणले मृत्यु हुने संख्या ८२ र लुम्बिनी प्रदेशमा १९६ पुगेको छ।

प्रकाशित मिति: : 2020-11-08 13:02:00

प्रतिकृया दिनुहोस्