अमेरिकामा एकै दिन थपिए एक लाख २७ हजारभन्दा धेरै संक्रमित

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकामा एकै दिन एक लाख २७ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। 

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार योसँगै अमेरिकामामा कोरोना संक्रमितको संख्या ९८ लाख ६० हजार नाघेको छ।

त्यस्तै कोरोनाको कारण एक हजार ४० जनाको मृत्यु भएको छ। 

यससँगै समग्र मृत्यु हुनेको संख्या दुई लाख ३७ हजार ११३ पुगेको छ। 

अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको मुलुक हो।

प्रकाशित मिति: : 2020-11-08 13:57:00

प्रतिकृया दिनुहोस्