बंगलादेशका कप्तान महमूदुल्लाह रियादलाई कोरोना संक्रमण

बंगलादेशका टि–२० क्रिकेट टोलीका कप्तान महमूदुल्लाह रियादलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

बंगलादेश क्रिकेट बोर्डले महमूदुल्लाहमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ। 

अर्को साता पाकिस्तानमा सुरु हुने पाकिस्तान सुपर लिग (पीएसएल) मा महमुदल्ला सहभागि हुने छैनन्।

पीएसएलको प्लेअफ आगमी नोभेम्बर १४ देखि १७ सम्म पाकिस्तानमा हुँदै छ। महमुदुल्लाह मुल्तान सुल्तानबाट खेल्नेछन्। 

पिएसएलको को पहिलो क्वालिफायर नोभेम्बर १४ मा मुल्तान सुल्तान र कराँची किंग्सबीच हुने छ। कराँचीमा हुने उक्त खेलको विजेता फाइनलमा पुग्ने छ।

दोस्रो एलिमिनेटर नोभेम्बर १५ र फाइनल १७ नोभेम्बरमा हुनेछ।

प्रकाशित मिति: : 2020-11-08 14:45:00

प्रतिकृया दिनुहोस्