नारायणी अस्पतालमा ८० काे स्वाब परीक्षण, ७ मा काेराेना पुष्टि

वीरगञ्जस्थित नारायणी अस्पतालमा आइतबार गरिएकाे परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ।

बारा,पर्साबाट ल्याइएकाे ८० जनाको थ्रोट स्वावको नमूना संकलन गरी पीसीआर प्राविधिबाट परिक्षण गर्दा ७ पुरुष र १  महिला गरी ८ जनामा काेराेना संक्रमण देखिएकाे  अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिए। 

काेराेना संक्रमण  पुष्टि भएका ८ जना मध्ये २ जना बारा जिल्ला हुन्।  

पर्सामा भेटिएका संक्रमितहरू वीरगञ्ज महानगरपालिका वडा नम्बर १५, १०,र ३ का एक/एक जना रहेका छन भने पर्साकै छिपहरमाई गाउपलिका वडा नम्बर १ का १ जना, पकहामैनपूर गाउपालिका वडा नम्बर ४ का एक जना र पोखरिया नगरपालिकाका वडा नम्बर १ का एक जना रहेका छनl 

यसै बाराको स्वर्ण गाउपालिका वडा नम्बर ३ का एक जना र जितपूर उप-महानगरपालिकामा एक जना गरी दुई जनामा संक्रमण पुष्टि भएको प्रवक्ता चौरसियाले जानकारी दिए।

संक्रमण पुष्टि भएकाहरु १८ वर्षदेखि ८५ वर्ष उमेर समुहका रहेका छन् । उनीहरुको सिटि भ्यालु १५ देखि ३४ सम्म रहेको प्रवक्ता डा चौरसियाले जानकारी दिए। 

प्रकाशित मिति: : 2020-11-09 09:51:00

प्रतिकृया दिनुहोस्