बाइडेनको जितले विश्व राजनीतिमा के अर्थ राख्छ? कुन देशसँगको सम्बन्धमा कस्तो असर पर्ला?

पहिलोपोष्ट

काठमाडाैं

तीन दिनको अनिश्चिततापछि अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेन निर्वाचित हुने प्रक्षेपण गरिएको छ। अमेरिकी मिडियाहरुले मतगणना अन्तिम चरणमा पुग्दै गर्दा बाइडेन विजयी हुने भन्दै 'प्रेसिडेन्ट इलेक्ट' बाइडेनका रुपमा सम्बोधन गर्न थालेका छन्।

४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा ह्वाइट हाउसमा जनवरी २१ मा वाइडेन प्रवेश गर्दै गर्दा विश्व राजनीतिमा कस्तो प्रभाव पर्ला?

सबैको चासो रहँदै आएको छ। 

चिनियाँ प्रणालीलाई चुनौती

जो बाइडेनको जितले चिनियाँ प्रणालीमा अर्को चुनौती थपिएको जो सुडवर्थले बेइजिङबाट लेखेका छन्।

तपाईँलाई लाग्नसक्छ बेइजिङ डोनाल्ड ट्रम्पको पराजय हेर्न चाहन्छ। चीनलाई प्रहार गर्ने प्रमुखका रुपमा उनले चीनसँग ट्रेड वार, कोरोना भाइरस पान्डेमिकको विषयलाई लिएर सँधै प्रहार गरिरहे।

तर, विश्लेषकहरुले भने चिनियाँ नेतृत्व अहिले निराश भएको बताउँन थालेका छन्। तिनीहरु ट्रम्पको पराजयमा भन्दा पनि अर्को चार वर्ष चीन अमेरिका सम्बन्धमा कस्तो असर पर्ला भन्ने सोच्न थालेका छन्। ट्रम्पकै निरन्तरताले अमेरिकी शक्ति कम हुँदै जाने विश्वास उनीहरुको थियो।

चीन यतिबेला बाइडेनको साझेदारीको इच्छामा अवसर भने खोज्ने छ। विश्वका लागि महत्त्वपूर्ण मुद्दाहरु जस्तै जलवायु परिवर्तन लगायतमा साझेदारीको हात बढाउने छ। तर पनि बाइडेनले अमेरिकाका साझेदारहरुसँगको सम्बन्ध सुधारमा काम गर्ने बताइसकेका छन्। यसले चीनसँग सामुहिक रुपमा प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने बाइडेनको बुझाई छ। ट्रम्प अहिलेसम्म एक्लै हिँडिरहेका थिए।

बाइडेनको विजयले चिनियाँ प्रणालीमा अर्को चुनौती थप्ने विश्लेषण गरिएको छ। यद्यपि, बाइडेनको जितले तनावपूर्ण रहेको अमेरिका चीन सम्बन्धमा केही सास फेर्नसक्ने ठाउँ दिने विश्वास गरिएको छ। तर, सम्बन्ध थप बिग्रिन सक्नेसमेत सम्भावना उत्तिकै रहेको उल्लेख छ। बेइजिङको रनमिन विश्वविद्यालयका स्कुल अफ इन्टरनेशनल स्टडिजका एसोसिएट डिन जिन कानरोङले चीन को सरकारी मुखपत्र ग्लोबल टाइम्ससँग भनेका छन् - 'बाइडेनको सुरुवाती चीन अमेरिकाको सम्बन्धको बफर समयमा भएको छ। सम्बन्ध थप खराब हुन सक्छ। तर यति छिट्टो चाहिँ होइन।

प्रकाशित मिति: : 2020-11-09 14:48:00

प्रतिकृया दिनुहोस्