मोरङमा कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु

मोरङमा कोरोना भाइरसकाे संक्रमणबाट दाजुभाइको मृत्यु भएको छ। 

केराबारी गाउँपालिका ३ मा ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु भएको हो।

केराबारी गाउँपालिका ३ का ५९ वर्षीय पुरूषको आइतबार र उनको ५७ वर्षीय भाइको १८ कात्तिकमा मृत्यु भएको हो।

आइतबार मृत्यु भएका ५९ वर्षीय पुरूषमा ७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

उपचारका क्रममा आइतबार बिहान करिब ९ बजे विराट मेडिकल कलेजमा उनको विराट मेडिकल कलेजमा मृत्यु भएको हो। 

उनलाई सुरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। बेड खाली नभएपछि विराट फर्काइएकाे थियाे। 

मृतकका ५७ वर्षीय भाइमा भने ५ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो।उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा १८ कात्तिकमा मृत्यु भएको हो।

 उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए।  
 

प्रकाशित मिति: : 2020-11-09 14:54:00

प्रतिकृया दिनुहोस्