कोरोना कहरबीच विदेशी श्रमिकको मोलमोलाइ, भारतीय र बंगालीको रोजगारीमा आकर्षण

शिलापत्र

काठमाडौं

रत्नपार्कमा भेटिएका भारत उडिसा राज्यका वीरु मन्जाली नेपालमा काम गर्ने सजिलो र कमाइ पनि राम्रो हुने बताउँछन् । उडिसाभन्दा काम गर्ने सहज वातावरण र पैसा पनि बचत हुँदा नेपाल रोजगारीका लागि आउने गरेको मन्जालीले बताए । ‘नेपालमा दैनिक २ हजारसम्म ज्याला हुन्छ । काम गर्न पनि सजिलो छ । त्यही भएर भारतमै काम नगरी नेपाल आउने गरेको हुँ,’ उनले भने, ‘नेपाल रोजगारीका लागि आउन बानी भयो । त्यही भएर अन्य देश जान्न मन लाग्दैन् । नेपालको पनि ग्रामीण भेगमा धेरै काम गर्ने मन पर्छ । त्यही भएर धेरै ग्रामीण क्षेत्रमा काम गर्ने जान्छु ।’ उडिसाबाट ४० जनाको टोली सिमेन्ट र बालुवाको काम गर्ने आएको उनको भनाइ छ । वीरु सिमेन्ट र बालुवाको मात्र मिलाउन मिस्त्री हुन् । नेपालमा यस्तो मिस्त्री पाइँदैन् । 

यसैगरी, श्रीलंकाका राजी राजा सिजनमा रोजगारीका लागि काठमाडौं पस्ने गरेका छन् । नेपालमा भारत हुँदै काम गर्ने आउने गरेको राजीले बताए । ‘श्रीलंकामा भन्दा नेपालभित्र गिट्टी बालुवा खेलाएर ६० हजारभन्दा धेरै कमाइ हुन्छ । नेपालमा तेस्रो पटक रोजगारीका लागि आएको हुँ । ७ महिना काम गरेर घर फर्किन्छु,’ उनले भने, ‘नेपालको हावापानी राम्रो छ । कमाइ पनि हुन्छ । घर फर्कन पनि गाडी चढेर जान्न सकिन्छ । त्यही भएर रोजगारीका लागि नेपाल आउन गरेको हुँ ।’ श्रीलंकाबाट धेरै कामदार रोजगारीका लागि नेपाल आउने गरेको उनको भनाइ छ । राजी पुल निर्माणमा पिलर प्वाल पार्ने मिस्त्री हुन् । नेपालमा यस्तो काम गर्ने मिस्त्री पाइँदैन् ।

यस्तै, नयाँ बसर्पाकको पुल नजिकै भेटिएका बंगलादेशका नागरिक रसिद साहुल भारत हुँदै नेपाली रोजगारी लागि आएको बताउँछन् । ३ वर्षअघि साहुल नेपाल रोजगारीका लागि आएर फर्किएका थिए । रडका मुख्य मिस्त्री साहुलले ३ वर्षपछि ज्याला राम्रो पाइने भएका कारण नेपाल काम गर्न आएको बताए । 

उनीहरुजस्ता धेरै नेपाल काम गर्न आउनेमा भारतको बिहार, उडिसा, गुजरात, हिमाञ्चल प्रदेश, हरियाणाका धेरै छन् । यस्तै, श्रीलंका र  बंगलादेशबाट निर्माण क्षेत्रमा काम गर्दै आउने कामदार संख्या उत्तिनै छ । 

प्रकाशित मिति: : 2020-11-10 11:12:00

प्रतिकृया दिनुहोस्