दश वर्षपछि फिल्ममा फर्किने तयारीमा तनुश्री

बिएल संवाददाता

काठमाडाै‌ं

बलिउडमा मीटु अभियानको सुरुवात गर्ने अभिनेत्री तनुश्री दत्ता १० वर्षपछि फेरि एकपल्ट कमब्याक गर्दैछिन्। 

उनले भर्खरै लामो पोस्ट गरेर आफू नयाँ लुकमा बलिउडमा फर्किन लागेको जानकारी दिइन। 

तनुश्रीले २०१८ मा बलिउडमा मीटु अभियान चलाएकी थिइन। उनी २०१० देखि बलिउडबाट बाहिर थिइन। उनले अमेरिकाको लस एञ्जेल्समा आइटी क्षेत्रमा काम गर्न पाएको अवसरलाई आफूभित्र रहेको कलाका कारण अपनाउन नसकेको बताएकी छिन्।

‘म अमेरिकामा आइटी अभ्यास गरिरहेको थिए। अमेरिकी सरकारको रक्षा क्षेत्रभित्र काम गर्ने राम्रो अवसर थियो तर मैले अभिनयलाई नै प्राथमिकतामा राखे,’ उनले भनेकी छिन्। 

फिल्ममा फर्किन उनले १५ किलो तौल घटाएको बताएकी छिन्। २०१८ को नोभेम्बरमा उनले नाना पाटेकरमाथि आरोप लगाएकी थिइन। ३६ वर्षीय तनुश्रीले ‘आशिक बनाया आपने’, ‘हर्न ओके प्लीज’, ‘ढोल’ जस्तो फिल्ममा काम गरेकी थिइन। उनको पछिल्लो फिल्म ‘अपार्टमेन्ट’ २०१० मा रिलिज भएको थियो।

प्रकाशित मिति: : 2020-11-10 17:41:00

प्रतिकृया दिनुहोस्